कांग्रेस उपसभापतिमा देउवा समूहका खड्का र कोइराला समूहका गुरुङ विजयी


१ पुष २०७८, बिहीबार
purna bahadur khadka and dhanraj gurung

काठमाडौं : नेपाली कांग्रेसको उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन् । बुधबार राति अबेर प्राप्त मत परिणाम अनुसार सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार खड्का र डा. शेखर कोइराला पक्षका उम्मेदवार गुरुङ निर्वाचित भएका हुन् ।

उपसभापतिमा विजयी खड्का निवर्तमान महामन्त्री हुन् भने गुरुङ केन्द्रीय सदस्य थिए। गुरुङ नेविसंघबाट राजनीतिमा उदायका व्यक्ति हुन् । गुरुङले विजय गच्छदारलाई अन्तिमा झिनो मतले पछि पार्दै उपसभापति जितेका हुन् ।

उपसभापतिमा गच्छदार तेस्रो भए भने कोइराला समूहका चन्द्र भण्डारी चौथो भए । उपसभापतिका लागि खड्का, गुरुङ, गच्छदारसँगै चन्द्र भण्डारी, सुजाता कोइराला, महेश आचार्य र दिव्येश्वरी साह मैदानमा थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७