एक मात्रा लगाए पुग्ने जोन्सनको सात लाख १९ हजार खोप आज नेपाल आउँदै


१ पुष २०७८, बिहीबार
vaccine johnson

काठमाडौं । एक मात्रा (डोज) लगाए पुग्ने जोन्सन एन्ड जोन्सन खोपको सात लाख १९ हजार ६५० डोज खोप आज नेपाल आउँदै छ । २१ लाख ७६ हजार डोज जोन्सन एन्ड जोन्सन खोपमध्ये पहिलो खेप आज आउन लागेको हो ।

स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले आज बिहान ७ः४५ बजे पहिलो खेप खोप आउने जानकारी दिएका छन् । त्यसैगरी बाँकी भोलि १४ लाख ५७ हजार डोज खोप पर्सी आउने जानकारी दिए । खोप युनिसेफमार्फत आउन लागेको हो ।

यसअघि अमेरिकाले कोभ्याक्समार्फत करिब १६ लाख डोज जोन्सन खोप नेपाललाई उपलब्ध गराएको थियो । जोन्सन एन्ड जोन्सनको खोप एक डोज मात्र लगाए पुग्छ । अन्य खोप भने दुई डोज लगाउनु पर्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७