शेयर बजारबारे मैले गरेको विश्लेषण लगानीकर्ताको हितमा, ओली दलाल पुँजीपति वर्गको एजेन्ट : प्रचण्ड


१ पुष २०७८, बिहीबार
Prachanda 2

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शेयर बजारबारे आफूले गरेको विश्लेषण पार्टी र लगानीकर्ताको हिमा भएको दावी गरेका छन् ।

अध्यक्ष प्रचण्डले आफूले भूमण्डलीकृत साम्राज्यवाद र वित्तीय एकाधिकार पुँजीवादबारे गरेको विश्लेषणविरुद्ध नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेको टिप्पणीलाई ‘दलाल पुँजीपति वर्गको एजेन्टको टिप्पणी’ को संज्ञा दिएका छन् । चन्दा नदिएको रिसमा प्रचण्डले शेयर बजारविरुद्ध बोलेको भनेर ओलीले सार्वजनिक अभिव्यक्ति दिएको भोलिपल्ट बिहीबार बिहान विज्ञप्ति जारी गरी प्रचण्डले खण्डन गरेका हुन् ।

प्रचण्डले भनेका छन्, ‘मार्क्सवाद र कम्युनिस्ट सिद्धान्तबाट कोसौं टाढा भागेका ओलीबाट मैले भूमण्डलीकृत साम्राज्यवाद र वित्तीय एकाधिकार पुँजीवादबारे गरेको विश्लेषणमाथि गरिएको टिप्पणीलाई दलाल पुँजीपति वर्गको एजेन्टको टिप्पणीका रूपमा खारेज गर्दछु ।’
उनले नेपालको सेयर बजारका सन्दर्भमा आफू र आफ्नो पार्टी लाखौं लगानीकर्ताको हितका पक्षमा रहेको बताउँदै दलाल पुँजीपतिहरूको झुटो प्रचारबाट भ्रमित नहुन शेयर होल्डरहरूलाई आग्रह पनि गरेका छन् ।

‘आजको पुँजीवादको चरित्रबारे मैले गरेको विश्लेषण सही रहेको दाबीसहित नेपालको शेयर बजारका सन्दर्भमा हाम्रो पार्टी र म समेत लाखौं लगानीकर्ताहरूको हितका पक्षमा रहेको स्पष्ट गर्न चाहन्छु’, प्रचण्डले भनेका छन्, ‘दलाल पुँजीपतिहरूको झुटो प्रचारबाट भ्रमित नहुन म शेयर होल्डर जनसमुदायसँग अनुरोध गर्दछु ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७