महामन्त्री मत गणना अपडेट : ५०० भोट गन्दा गगनको अग्रता कायमै, अरु कसको कति भोट ?


१ पुष २०७८, बिहीबार
mahamantriumedwar1639627447

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री पदको मत गणनामा गगनकुमार थापा र विश्वप्रकाश शर्माले अग्रता लिइरहेका छन् । पार्टी कार्यालय सानेपामा भइरहेको गणनामा ५०० मत गन्दा गगन थापाले ३२५ मत प्राप्त गरेर सबै भन्द्या अगाडि छन् । त्यस्तै दोस्रोमा विश्वप्रकाश शर्माले १८५ मत ल्याएका छन् ।

प्रदीप पौडेलको १७७, डा. प्रकाशशरण महतको १६३, मिनेन्द्र रिजालको ८६ र डा. राजाराम कार्कीको १२ मत छ । महामन्त्रीमा शेरबहादुर देउवा समूहबाट महामन्त्रीमा डा. प्रकाशशरण महत र प्रदीप पौडेल, डा. शेखर कोइराला समूहबाट डा. मिनेन्द्र रिजाल र गगन थापा, प्रकाशमानसंिहतको समूहबाट विश्वप्रकाश शर्मा तथा विमलेन्द्र निधिको समूहबाट डा. राजाराम कार्की महामन्त्रीका उम्मेदवार छन् ।

महामन्त्रीका ६ जना उम्मेदवारबाट दुई जना महामन्त्रीमा चयन हुनेछन् । सभापतिमा देउवा नव निर्वाचित भइसकेका छन् भने उपसभापतमिा देउवा समूहका पूणर्बहादुर खड्का र कोइराला समूहका धनराज गुरुङ निर्वाचित भएका छन् । महामन्त्रीपछि सह-महामन्त्री र त्यसपछि केन्द्रीय सदस्यको मतगणना गर्ने पार्टीको निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७