कोभ्याक्सअन्तर्गत जर्मनीले नेपाललाई दियो ४१ लाख डोज खोप


१ पुष २०७८, बिहीबार
Capture 9

काठमाडौं । जर्मनीले नेपाललाई ४१ लाख डोज कोरोना संक्रमणविरुद्धको खोप हस्तान्तरण गरेको छ । उक्त खोप आज बिहान स्वास्थ्यमन्त्री विरोध खतिवडालाई हस्तान्तरण गरिएको हो ।

स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा कोभ्याक्सअन्तर्गत उक्त परिमाणमा खोप सहयोग गरिएको हो । यस्तै, आज कोभ्याक्स अन्तर्गत आज थप ७ लाख १९ हजार ७ सय ५० डोज मोर्डनाको थप खोप नेपाल आउदै छ । सरकारले पुस ४ गते देखि १२ देखि १८ बर्ष उमेर समुहका १८ लाख किशोर किशोरीलाई खोप दिने निणर्य गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७