महामन्त्री मत गणना अपडेट : ९०० भोट गन्दा गगन पहिलो, विश्वप्रकाश दोस्रो, प्रदीप तेस्रो


१ पुष २०७८, बिहीबार
matgadana 16122021064848 1000x0 1

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री पदको मतगणनामा ९ सय मत गनिसक्दा गगन थापाले ५५९ मत प्राप्त गरेका छन् । दोस्रोमा विश्वप्रकाश शर्माले ३५७ मत ल्याएका छन् । यस्तै प्रदिप पौडेलले ३००, मिनेन्द्र रिजालले १६३, प्रकाशशरण महतले २९७ मत प्राप्त गरेका छन् । अर्का महामन्त्रीका प्रत्यासी राजाराम कार्कीले भने ३१ मत प्राप्त हाम्रा सहकर्मी राधा खनालले जानकारी दिइन् ।

गगनले भने शुरुवाती अग्रता लिएका छन् । मतगणना जारी छ । महामन्त्रीका लागि सभापति शेरबहादुर देउवा प्यानलबाट प्रकाशशरण महत र प्रदीप पौडेल उम्मेदवार छन् । शेखर कोइराला प्यानलबाट गगन थापा र मिनेन्द्र रिजाल छन् भने प्रकाशमान सिंह प्यानलबाट विश्वप्रकाश शर्मा प्रतिष्पर्धा छन् । डा. राजाराम कार्कीले महामन्त्रीमा स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

कांग्रेस विधानमा महाधिवेशनबाट दुई जना महामन्त्री निर्वाचित हुने व्यवस्था छ । कांग्रेसको १४ महाधिवेशनम महामन्त्रीमा ६ जनाले उम्मेदवारी दिएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७