मनकामना केबुलकार चार दिन बन्द रहने


१ पुष २०७८, बिहीबार
manakamana cable car

काठमाडौं । मनकामना केबुलकारको स्तरोन्नतिका लागि आइतबारदेखि चार दिनसम्म केबुलकार सेवा बन्द गर्ने भएको छ ।
जसअनुसार केबुलकारको सेवा आउँदो पुस ४ गतेदेखि ७ गतेसम्मका लागि बन्द रहनेछ । मर्मतसंभार सकिएपछि पुस ८ गते बिहीबारबाट केबुलकार सेवा नियमित सुरुवात गर्ने कम्पनीले जनाएको छ ।

उक्त अवधिभर केवलकार बटमस्टेशन र रेष्टुरेण्ट सेवा भने यथावत रहनेछ । कम्पनीले केबुलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नति गर्न लागेको हो । लामो समयदेखि जडान गरिएको प्रविधि र उपकरणमा प्रयोग भएका स्पेयर पार्ट्सहरु पाउनै मुस्किल हुँदै गएपछि यसलाई स्तरोन्नति गर्न लागिएको मनकामना केबुलकार कम्पनीले जनाएको छ ।

केबलकारको लठ्ठा, ग्रिप लगायतका उपकरण पनि स्तरोन्नति गर्ने जनाइएको छ । चालु आर्थिक वर्षबाटै केवलकारलाई नयाँ प्रविधिमा लैजाने योजना रहेको कम्पनीको भनाइ छ । कम्पनीका अनुसार केवलकारको भवन, टावर, गोन्डोला, बुलह्वील लगायत उपकरण भने साबिककै रहनेछ । यो सबै स्तरोन्नति सम्पन्न भएसँगै मनकामना केवलकार मुलुककै पहिलो डिजिटल कनेक्ट सिस्टमसहितको हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७