रक्षामन्त्री मिनेन्द्र रिजालले दिए राजीनामा


१ पुष २०७८, बिहीबार
minendra rijal

काठमाडौं । रक्षामन्त्री मिनेन्द्र रिजालले राजीनामा दिएका छन् । नेपाली कांग्रेसको महामन्त्रीमा उम्मेदवारी दिएका उनले प्रारम्भिम मत परिणाम आए लगतै राजीनामा घोषणा गरेका हुन् ।

कांग्रेस महामन्त्री अन्तिम नतिजा आइनसक्दै आफू पराजित भएको भन्दै रिजालले रक्षामन्त्री पदबाट राजीनामा दिएका हुन् । महामन्त्री पदको मतगणना जारी भइरहेका बेला उनी पाँचौ नम्बरमा छन् । केही बेरअघि उनले सामाजिक सञ्जालबाट राजीनामा दिएको घोषणा गरेका छन् ।

कांग्रेस मुख्यालय सानेपामा जारी महामन्त्रीको मतगणनामा रिजाल धेरै पछि परेका छन्। उनी डा. शेखर कोइराला प्यानलबाट महामन्त्रीका प्रतिस्पर्धी थिए । महामन्त्री पदमा २१२० मत गणना भइसक्दा रिजाल पाँचौँ नम्बरमा छन्। उनले ३६५ मत मात्रै ल्याउन सफल भएका छन ।
महामन्त्रीमा अहिलेसम्म गगनकुमार थापा १३८५, विश्व प्रकाश शर्मा ८५१, प्रकाश शरण महत ६९८, प्रदीप पौडेल ६२१, मिनेन्द्र रिजाल ३६५ र राजाराम कार्की ५९ मत ल्याएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७