कांग्रेस महामन्त्रीको मत गणना : २,१२० भाेट गन्दा गगनले पाए १,३८५ मत, विश्वप्रकाशले ८५१


१ पुष २०७८, बिहीबार
matgadana 16122021064848 1000x0 1

काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशनअन्तर्गत बिहीबारदेखि शुरु भएको महामन्त्री पदको मत गणना चलिरहेको छ । निर्वाचन समितिका अनुसार २,१२० मतपत्र गन्दा गगन थापाले सर्वाधिक १,३८५ मत पाएका छन् ।

यस्तै विश्वप्रकाश शर्माले ८५१ मत ल्याएका छन् भने प्रदिप पौडेलले ६२१ मत प्राप्त गरेका छन् । मतगणनामा गगन-विश्वप्रकाशले अग्रता बढाउँदै लगेका छन् ।

यस्तै प्रकाशशरण महतले ६९८ र मीनेन्द्र रिजालले ३६५ मत पाएका छन् । यस्तै राजाराम कार्कीले ५९ मत ल्याएका छन् । काँग्रेस महामन्त्रीमा दुई जना महामन्त्रीका लागि ६ जनाबीच प्रतिस्पर्धा हुँदा एक मतदाताले २ जनालाई भोट हाल्न पाउँछन् । अर्थात एक मतपत्रमा दुई जनालाई भोट हाल्न पाइन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७