कांग्रेस महामन्त्रीको मत गणना : २,५२० भोट गन्दा गगनलाई १,६४८, विश्वप्रकाशलाई १,०१९


१ पुष २०७८, बिहीबार
mahamantriumedwar1639627447

काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि अहिले केन्द्रीय कार्यालय सानेपामा दुई महामन्त्री पदको मतगणना चलिरहेको छ । बिहीबार बिहानदेखि जारी मत गणनामा डा. शेखर कोइराला प्यानलका गगनकुमार थापाले अग्रता बढाउँदै लगेका छन् ।

२,५२० मत गनिसक्दा गगनले १६४८ मत ल्याइसकेका छन् । उनलाई पछ्याइरहेका विश्वप्रकाश शर्माले १,०१९ मत ल्याएका छन् ।
तेस्रो नम्बरका डा. प्रकाशशरण महतको पक्षमा ८२७ मत खसेको छ । उता शेरबहादुर देउवा प्यानलका प्रदीप पौडेलले ७४६ मत ल्याएका छन् । कोइराला प्यानलका डा. मिनेन्द्र रिजालको पक्षमा ४३६ मत आएको छ । महामन्त्रीमा हार्ने निश्चित भएसँगै उनले रक्षामन्त्रीबाट राजीनामा घोषणा गरेका छन् ।

यस्तो छ ताजा मतपरिणाम
गगन थापा १,६४८
विश्वप्रकाश शर्मा १,०१९
प्रकाशशरण महत ८२७
प्रदीप पौडेल ७४६
मीनेन्द्र रिजाल ४३६
राजाराम कार्की ६४

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७