कांग्रेस महामन्त्री : गगन जित नजिक, पछ्याउँदै विश्वप्रकाश


१ पुष २०७८, बिहीबार
gtbp1639635603

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत बिहीबारदेखि शुरु भएको महामन्त्री पदको मतगणना जारी रहेको छ । निर्वाचन समितिका अनुसार ३,१२० मतपत्र गन्दा गगन थापाले सर्वाधिक २,०३७ मत पाएका छन् ।

यस्तै विश्वप्रकाश शर्माले १,२५५ मत ल्याएका छन् भने प्रदिप पौडेलले ९३५ मत प्राप्त गरेका छन् । मत गणनामा गगन-विश्वप्रकाशले अग्रता बढाउँदै लगेका छन् ।

यस्तै प्रकाशशरण महतले १,०२४ र मीनेन्द्र रिजालले ५४६ मत पाएका छन् । यस्तै राजाराम कार्कीले ७५ मत ल्याएका छन् । काँग्रेस महामन्त्रीमा दुई जना महामन्त्रीका लागि ६ जनाबीच प्रतिस्पर्धा हुँदा एक मतदाताले २ जनालाई भोट हाल्न पाउँछन् । अर्थात एक मतपत्रमा दुई जनालाई भोट हाल्न पाइन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७