कांग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी


१ पुष २०७८, बिहीबार
gtbp1639635603

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । फरक-फरक समूहबाट प्रतिनिधित्व गरेका थापा र शर्मा महामन्त्रीमा विजयी भएका हुन् ।

निर्वाचन समितिले केहीबेरपछि औपचारिक घोषणा गर्ने जनाएको छ । गगन थापा शेखर कोइराला प्यानलबाट उम्मेदवार बनेका थिए भने शर्माले स्वतन्त्ररुपमा उम्मेदवारी दर्ता गराएपछि पछि प्रकाशमान सिंहसँग समीकरण गरेका थिए ।

महामन्त्रीको उम्मेदवारका रुपमा गगन थापा र विश्वप्रकाश शर्मासँगै प्रदीप पौडेल, डा. प्रकाशशरण महत, डा. मीनेन्द्र रिजाल र डा. राजाराम कार्की प्रतिष्पर्धामा थिए । कांग्रेस विधानमा दुई जना महामन्त्री हुने उल्लेख छ ।

सभापतिमा यसअघि नै शेरबहादुर देउवा निर्वाचित भइसकेका छन् भने उपसभापतिमा पूणर्बहादुर खड्का र धनराज गुरुङ विजयी भइसकेका छन् । पार्टीको १४औं महाधिवेशनअन्तर्गत गएको सोमबार भएको निर्वाचनमा कुल ४,६७९ मत खसेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७