कांग्रेस महामन्त्रीमा पराजित प्रदिप पौडेल गगन र विश्वप्रकाशको जितमा खुशी

मेरो राजनीतिक उन्नतीमा उहाँहरुको सहयोग छ, पार्टी रुपान्तरको मुद्दामा सँगै रहन्छु’


१ पुष २०७८, बिहीबार
pradip poudel

काठमाडौं । नेपाली कांग्रेस महामन्त्रीका उम्मेदवार प्रदिप पौडेलले रुपान्तरणको मुद्दामा गगन थापा र विश्वप्रकाश शर्मासँगै रहने बताएका छन् ।
विजयी उम्मेदवारलाई बधाई दिन सानेपा पुगेका पौडेलले भने, ‘म प्रतिष्पर्धामा रहे पनि मैले विजयी दुवै जनालाई बधाई दिन्छु । रुपान्तरणको मुद्दामा उहाँहरुसँगै रहन्छु । कांग्रेसमा पुस्तान्तरणको अभियान शुरु भएको छ म पराजित भए पनि खुशी लागेको छ ।’

‘मेरो राजनीतिक उन्नतीमा उहाँहरुको सहयोग छ । उहाँहरु निर्वाचित हुँदा म खुशी छ’, अन्तिम नतिजा आएपछि पार्टी कार्यालय सानेपाबाट बाहिरिने क्रममा उनले भने, ‘चुनावमा जितिन्छ भनेर नै प्रतिष्पर्धामा जाने हो । चुनावी प्रक्रियामा उहाँहरुले विजय हासिल गर्नुभयो बधाई छ ।’ पौडेल सभापति शेरबहादुर देउवा प्यानलबाट चुनावी प्रतिस्पर्धामा रहेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७