कांग्रेस सह-महामन्त्रीको मत गणना शुरु हुँदै


१ पुष २०७८, बिहीबार
sanepa

काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनअन्तर्गत आज (बिहीबार) सहमहामन्त्री पदतर्फको मतगणना शुरु गरिँंदै छ । महामन्त्री पदको अन्तिम मत परिणाम सार्वजनिक भएसँगै सहमहामन्त्रीको मत गणना गर्न लागिएको हो ।

अबको केहीबेरमा मतगणना शुरु हुने कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार आठमध्ये आज तीन क्लष्टरको मतगणना गरिनेछ । आज सहमहामन्त्रीको महिला, दलित, आदिवासीतर्फको मतगणना गर्न लागिएको हो । बाँकी पाँच क्लष्टरको मतगणना भोलि गरिने उनले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७