रक्षामन्त्री रिजालले प्रधानमन्त्री देउवालाई बुझाए राजीनामा


१ पुष २०७८, बिहीबार
minendrarijanrisgn1 20211216100755

काठमाडौं । रक्षामन्त्री मिनेन्द्र रिजालले पदबाट राजीनामा दिएका छन् । केहीबेर अघि सिंहदरबार पुगेर प्रधानमन्त्री देउवा समक्ष राजीनामा पत्र बुझाएका हुन् । महामन्त्री पदको अन्तिम परिणाम प्राप्त हुनासाथ उनले राजीनामा बुझाएका हुन् ।

उनले बुधबार दिउँसो महामन्त्री पदको परिणामले आफूलाई पदमा बसिरहनु पर्ने सन्देश नदिएकाले राजीनामा दिने घोषणा गरेका थिए । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्रीमा ८०९ मत मात्रै प्राप्त गरेका थिए । नेपाली कांग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । थापाले ३ हजार २३ मत र शर्माले १,९८४ मत प्राप्त गरी विजयी भएका हुन् । गगन थापा शेखर कोइराला प्यानलबाट र विश्वप्रकाश शर्मा प्रकाशमान सिंह प्यानलबाट महामन्त्रीमा विजयी भएका हुन् ।

महामन्त्रीका लागि सभापति शेरबहादुर देउवा प्यानलबाट प्रकाशशरण महत र प्रदीप पौडेल, शेखर कोइराला प्यानलबाट गगन थापा र मिनेन्द्र रिजाल , प्रकाशमान सिंह प्यानलबाट विश्वप्रकाश शर्मा प्रतिष्पर्धा उत्रिएका थिए । डा. राजाराम कार्कीले महामन्त्रीमा स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

कांग्रेस विधानमा महाधिवेशनबाट दुई जना महामन्त्री निर्वाचित हुने व्यवस्था छ। कांग्रेसको १४ महाधिवेशनमा महामन्त्रीका लागि ६ जनाले उम्मेदवारी दिएका हुन् । यसअघि सभापतिमा शेरबहादुर देउवा र उपसभापतिमा पूणर्बहादुर खड्का र धनराज गुरुङ निर्वाचित भइसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७