१८४ मा कोरोना संक्रमण, दुईको मृत्यु


१ पुष २०७८, बिहीबार
korona

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १८४ जना कोरोना संक्रमित थपिएका छन् । देशभर गरिएको ७,२३० पीसीआर र ३,७८८ जनाको एन्टीजेन परीक्षणका क्रममा १८४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पीसीआर र एन्टीजेन गरी कुल संक्रमितको संख्या ९ लाख २१ हजार ७३ जना पुगेको छ । कुल संक्रमितमध्ये ५ हजार ५२६ सक्रिय संक्रमित छन् । गत २४ घण्टामा २६७ जना संक्रमित निको भएका छन् । योसँगै देशभर निको हुनेको संख्या ८ लाख ८ हजार ८३ पुगेको छ । उक्त अवधिमा दुई जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५६७ पुगेको छ । हाल ९६ जना क्वारेन्टाइनमा छन् । १११ जना आइसीयू र २८ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा देशभर २ लाख ४० हजार ५६४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७