गरीब देशको अर्थतन्त्र पुनरुत्थान गर्न विश्व बैंकद्वारा ९३ अर्ब डलर सहयोग


१ पुष २०७८, बिहीबार
1570955497worldbank1

काठमाडौं । विश्व बैंक अन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघले कोभिड-१९ महामारीबाट प्रभावित विश्वका गरीब मुलुकलाई ९३ अर्ब अमेरिकी डलर सहयोग गर्ने भएको छ । बैंकले विश्वका कम आय भएका राष्ट्रहरुको हरित, उत्थानशील र समावेशी विकासका लागि उक्त सहयोग दिने भएको हो ।

यो सहयोग रकम अन्तर्राष्ट्रिय विकास संघको अहिलेसम्मको इतिहासकै सबैभन्दा धेरै हो । जापानले आयोजना गरेको दुई दिने भर्चुअल बैठकमा दाताहरुले संघमा योगदान गर्ने हरेक एक डलरले गरीब देशका लागि करिब ४ डलर आर्थिक सहायता भएको बताइएको छ ।
यो सहयोग विश्वका ७४ गरिब देशले पाउनेछन् । महामारीका कारण राजश्व परिचालन घट्दै गएको, ऋणको जोखिम उच्च रहेको, कमजोर र द्वन्द्वग्रस्त देश सहयोगको प्राथमिकतामा पर्नेछन् ।

विश्व बैंकका अध्यक्ष डेभिड माल्पसले साझेदार मुलुकहरुको उद्धार सहयोगले कोभिडबाट प्रभावित विश्वका गरिब देशको विकासका चुनौती सम्बोधन गर्दै करोडौं मानिसहरुको जनजीवन सुधार गर्न सहयोग पुग्ने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७