शेयर बजारमा दोहोरो अंकको गिरावट, दुई अर्ब ३० करोडको मात्र कारोबार


१ पुष २०७८, बिहीबार
share market

काठमाडौं । शेयर बजार परिसूचक नेप्सेमा आज (बिहीबार) दोहोरो अङ्कको गिरावट आएको छ । नेप्से आज ३७ दशमलव ८७ विन्दुले घटेर दुई हजार तीन सय ७६ दशमलव ७४ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेकोमा विकास बैंक, बीमा, फाइनान्स र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज दुई सय २४ वटा कम्पनीको शेयर कारोबार भएकोमा २९ वटा कम्पनीको मात्रै शेयर बढेको छ । आज ५३ लाख ७९ हजार कित्ता शेयर दुई अर्ब ३० करोड १७ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै प्रभु बैंकको नौ करोड ४३ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज ग्रिनलाइफ हाइड्रो, मैलुङखोला जलविद्युत् र हिमालयन पावर पार्टनरको शेयर सात प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार राताम्मे हुँदा पनि नेपाल बङ्गलादेश बैंकको शेयर १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७