आदिवासी जनजातितर्फको सहमहामन्त्रीमा देउवा समूहका आङदेम्बे विजयी


१ पुष २०७८, बिहीबार
भीष्मराज आङदेम्बे Bhisma Raj Angdmbe

काठमाडौं : नेपाली कांग्रेस सहमहामन्त्रीको आदिवासी जनजातितर्फ भीष्मराज आङदेम्बे विजयी भएका छन् । उनी सभापति शेरबहादुर देउवा समूहका उम्मेदवार हुन् ।

प्रतिद्वन्द्वी शेखर कोइराला समूहका विकाश लामालाई पराजित गर्दै आङदेम्बे विजयी भएका हुन् । जम्मा ४६८१ मत खसेकोमा ४४६२ मत गणना हुँदा आङ्दाङ्वे २५७८ मत ल्याएकासँगै विजय सुनिश्चित भएको हो । लामाले १८२५ मत ल्याएका छन् । अब २१९ मत गन्न बाँकी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७