चौथो पुस्ताका गगन-विश्वप्रकाश : आफ्नै पौरखले पार्टी नेतृत्वमा


१ पुष २०७८, बिहीबार
gtbp1639635603

काठमाडौं : नेपाली राजनीतिमा अहिले महाधिवेशनको मौसम चलिरहेको छ । सबैभन्दा ठुलो दल नेकपा (एमाले)को दशौं महाधिवेशन नेतृत्व चयन गर्दै चितवनमा सम्पन्न भएको छ । नेपाली कांग्रेसको १४औं महाधिवेशनको मत गणना जारी छ ।

कांग्रेसको सबै पदहरुको अन्तिम नजिता आई नसक्दै नयाँ उत्साहको सञ्चार भएको छ । महामन्त्री पदमा गगन थापा र विश्वप्रकाश शर्माको विजयसँगै कांग्रेस भित्र र बाहिर पनि नयाँ उत्साहको सञ्चार भएको हो ।

तुलनात्मक हिसाबले हेर्दा सबैभन्दा ठुलो दल एमाले र दोस्रो ठुलो दल कांग्रेसको महाधिवेशनको परिदृश्य निकै भिन्न देखिएको छ । एमालेको महाधिवेशन यस्तो थियो, की त्यहाँ अध्यक्ष केपी शर्मा ओलीको चाहना विपरितका कुनै पनि उम्मेदवारले जित्न सकेनन् ।

पदाधिकारीमा जति आए उनीहरु सबै अध्यक्ष ओलीको चाहना अनुरुप आए । एमालेका दोस्रो, तेश्रो र चौथो पुस्ताका कुनै पनि नेता आफ्नै पौरखले नेतृत्वमा आउन सकेनन् । ओलीलाई चुनौती दिएर लड्नेहरु पराजित भए ।

तर कांग्रेसका थापा र शर्मा यस्ता निर्वाचित महामन्त्री हुन् । यी दुबै सभापति शेरबहादुर देउवाले चाहेका होइनन् । दोस्रो जनआन्दोलनबाट उदाएका चौथो पुस्ता यी दुई तन्नेरी सभापति पछिको शक्तिशाली पद महामन्त्रीमा चुनिए ।

आफ्नै पौरखले नेतृत्वमा

Gagan Thapa


कांग्रेस बाहेकका दुई ठुला दल एमाले र माओवादीमा अहिले यस्ता मात्रै नेता छन्, जो मुलत पार्टीका मुल नेतृत्वले हुर्काएका नेताहरु छन् । तर गगन यस्ता नेता हुन्, जो पार्टीको मुल नेतृत्वलाई प्रश्न गर्दे स्थापित भए । ०५९ मा नेपाल विद्यार्थी संघको महामन्त्री भए ।

२०६२/६३ सालको जनआन्दोलनको सुरुमा नै उनी गणतन्त्रका पक्षमा उभिए । मुलुकको माउ दल नेपाली कांग्रेस गणतन्त्रका पक्षमा उभिसकेको थिएन । तर गगन सडकमा आए । उनले नेता नरहरी आचार्यसँगै मिलेर गणतन्त्रको पक्षमा उभिदा तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले ‘दरबारिया’ समेत भनीदिए ।

जनआन्दोलनपछि भएको ०६४ सालको संविधानसभा निर्वाचनमा थापा समानुपातिकतर्फ उम्मेदवार भए । ३१ वर्षमै संविधानसभा प्रवेश गरे । संविधानसभामा प्रभावकारी भूमिका निभाए ।

०६७ मा भएको १२ औँ महाधिवेशनबाट उनी सर्वाधिक मतसहित केन्द्रीय सदस्य निर्वाचित भए । गगनले १३ औँ महाधिवेशनमा पार्टीमा नेतृत्व परिवर्तन र पुस्तान्तरणको मुद्दा उठाए । १३ औँ महाधिवेशनमा महामन्त्रीमा नेता कृष्णप्रसाद सिटौलाको समूहबाट उम्मेदवारी दिए । त्यसबेला ५८५ मत पाए ।

२०७३ मा स्वास्थ्यमन्त्री नियुक्त भएका गगनले आफ्नो नौ महिना कार्यकालमा सम्झनायोग्य कामहरु गरेर लोकप्रिय बने । उनले गरेका कामलाई ल्यान्सेट कमिसन र विश्वश्वास्थ्य संगठनज स्ता अन्तर्राष्ट्रिय संस्थाले पहिचान गरेको, नेपालको स्वास्थ तथा राजनीतिक क्षेत्रका महत्वपूर्ण व्यक्तित्वले समेत प्रसंशा गरेको ।

१३ औँ महाधिवेशन यता गगनले सडक र सदनमा देखिने भूमिका निभाए । त्यसकै बलमा १४ औं महाधिवेशनमा गगन सर्वाधिक करिब दुईतिहाई ३०२३ मतसहित महामन्त्रीमा निर्वाचित भए ।

यसविचमा गगनले प्राप्त गरेको लोकप्रियता वा शक्ति आफ्नै पौरख र सक्रियताको बलमा हो । किनभने यसपाली पनि उनी संस्थापन पक्षका उम्मेदवार थिएनन् । खोज्दै गर्दा उनी अन्तिममा डा.शेखर कोइरालाको प्यानलबाट लडेका थिए ।

विश्वप्रकाशको विद्रोह

bishwa 3


नेपाली विद्यार्थी आन्दोलनबाट स्थापित भएका विश्वप्रकाश वैचारिक क्षमता भएका प्रखर वक्ताका हुन् । उनी १४ औं महाधिवशेनमा महामन्त्रीको मनोनयन दर्ता अघिसम्म सभापति शेरबहादुर देउवा समूहका नेता थिए ।

कांग्रेसमा प्रवत्ताको रुपमा उनले खेलेको भूमिका सबैले प्रशंसा गर्ने गर्छन् । त्यसो त देउवा समूहलाई बलियो बनाउन उनले खेलेको भूमिका पनि उत्तिकै महत्वपूर्ण छ । संस्थापन पक्षमा नेता कृष्णप्रसाद सिटौलाको औपचारिक प्रवेश पछि विश्वप्रकाश त्यो समूहको किनारामा परे ।

संस्थापन पक्षले सिटौलालाई टिममा राख्न प्रदीप पौडेललाई महामन्त्री बनाउने निश्चय गरेपछि शर्माले देउवा समूहबाट व्रिदोह गरे ।

२०५७ सालमा शर्मा नेविसंघको सभापति हुँदाका पौडेललाई देउवा र सिटौलाले प्रकाशमान सिंहको समूहबाट उम्मेदवार बने । सिटौलाले पौडेलको विजयलाई प्रतिष्ठाको बिषय बनाए । तर देउवा र सिटौलाको पर्खाललाई तोडेर शर्मा महामन्त्रीमा निर्वाचित भए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७