कांग्रेस सहमहामन्त्रीमा कोइराला समूहका जीवन परियार विजयी


१ पुष २०७८, बिहीबार
jivan pariyar

काठमाडौं : कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत दलित तर्फको कांग्रेस सहमहामन्त्री पदमा डा. शेखर कोइराला समूहका जीवन परियार विजयी भएका छन्।

बिहीबार राति सकिएको मतगणनामा कोइरालाको प्यानलका उम्मेदवार बनेका उनले २२१५ मत पाएका छन् भने सभापति शेरबहादुर देउवाको प्यानलबाट उम्मेदवार बनेका मानबहादुरले २१७५ मत मात्र पाए ।

सहमहामन्त्री दलिततर्फ कुल ४६७० मत खसेको थियो। त्यसमा स्वतन्त्र उम्मेदवार गंगा सुनारले २२९ मत ल्याइन्।


यसअघि देउवा प्यानलका सहमहामन्त्री महिलातर्फ महालक्ष्मी डिना उपाध्याय र आदिवासी जनजातितर्फबाट भीष्मराज आङदेम्बे विजयी भएका छन्  ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७