कांग्रेस सहमहामन्त्रीमा उपाध्याय, परियार र आङ्देम्बे विजयी, कसको मत कति ?


२ पुष २०७८, शुक्रबार
saha mahamantri1639676163

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशनको मत परिणाम आउने क्रम जारी छ । कांग्रेस सभापति, उपसभापति र महामन्त्रीको मत परिणामपछि आज तीन सहमहामन्त्रीको मत परिणाम निर्वाचन समितिले घोषणा गरेको छ ।

नेपाली कांग्रेसमा महिलातर्फको सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय ‘डिना’ विजयी भएकी छन् । कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गत २७ गते भएको निर्वाचनको बिहीबार अबेर सम्पन्न मत गणनामा २,५३३ मत ल्याएर महिलातर्फ सहमहामन्त्रीमा उपाध्याय विजयी भएकी हुन् । उनका निकटतम प्रतिस्पर्धी कमला पन्तले २,१०५ मत ल्याइन् ।

महिलातर्फ कूल ४,६५० मत खसेकामो ५४ मत बदर भएको काँग्रेसको केन्द्रीय निर्वाचन समिति सदस्य सीताराम केसीले जानकारी दिए । यसैगरी दलित तर्फको सहमहामन्त्रीमा जीवन परियार विजयी भएका छन् । उनले २,२१२ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिस्पर्धी मानबहादुर विश्वकर्माले २,१७५ र गङ्गा सुनारले २२९ मत प्राप्त गरे । दलिततर्फ कूल ४,६७० मत खसेको थियो । त्यस्तै काँग्रेसको जनजाति क्लस्टर अन्तर्गत सहमहामन्त्रीमा भीष्मराज आङ्देम्बे २,७११ मतका साथ विजयी भए ।

उनका निकटतम प्रतिस्पर्धी विकास लामाले विकास लामाले १,९१३ मत प्राप्त गरे । आदिवासी जनजातितर्फ कूल ४,६८१ मत खसेको थियो । काँग्रेसको सभापति बाहेकका पदाधिकारी र सदस्यको पार्टी केन्द्रीय कार्यालय सानेपामा मतगणना भइरहेको हो । काँग्रेस सहमहामन्त्रीमा आठ जना निर्वाचित हुने व्यवस्था छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७