वर्षा र हिमपातको सम्भावना, चिसोबाट बच्ने आग्रह


२ पुष २०७८, शुक्रबार
snow

काठमाडौं । देशभर जाडो बढेर गएको छ । आज (शुक्रबार) देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना रहेको मौसमविदले जनाएका छन् । आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने तथा बाँकी भू-भागमा आंशिक बदली रहने छ ।

सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, वाग्मती तथा गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली रहनेछ । देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

हिमपात र वर्षाका कारण देशभर चिसो बढ्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । आज बिहान ६ बजे काठमाडौंको तापक्रम ३.४ डिग्री सेल्सियस मापन गरिएको छ । दिउँसो बढेर २० डिग्री सेल्सियससम्म पुग्ने विभागले जनाएको छ । काठमाडौंमा आज मौसम बदली हुनेछ । यद्दपि वर्षा भने नहुने जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७