स्थानीयले थापेको पासोमा परेको चितुवाको वन कार्यालयद्वारा उद्धार


२ पुष २०७८, शुक्रबार
Chituwa Tanahu
फाइल फोटो

पाल्पा । पाल्पाको तानसेन नगरपालिका-८ जरेपिपल नजिकै पासोमा अल्झिएको पोथी चितुवाको उद्धार गरिएको छ । खोल्सी पासोमा अल्झिएको अवस्थामा भेटिएको चितुवाको सुरक्षितरूपमा उद्धार गरिएको हो ।

उद्धार गरिएको चितुवालाई अहिले डिभिजन वन कार्यालयमा राखिएको वन कार्यालय पाल्पाका रेन्जर यमलाल पोखरेलले जानकारी दिए । चितुवाको स्वास्थ्य अवस्था सामान्य छ । घटनास्थलबाट फलामको पासो एक थान समेत बरामद भएको डिभिजन वन कार्यालय पाल्पाले जनाएको छ ।

निमित्त डिभिजनल वन अधिकृत संयोग बस्नेतको कमाण्डमा खटिएको टोलीले जोखिमपूणर् अवस्थामा पोथी बयस्क चितुवाको उद्धार गरेको हो । उद्धारकार्यमा सहायक वन अधिकृत सिद्धान्त बराल र सवारी चालक लक्ष्मण घिमिरे संलग्न थिए । प्रहरी चौकी प्रभास तानसेन-८ का वडाध्यक्ष रामप्रसाद घिमिरे, स्थानीय बासिन्दा केशव कार्की, सन्तोष राना, रुपेश रोका, विक्रम श्रेष्ठ, लोकबहादुर चिदी, सन्दीप विष्ट, रोशन रानालगायतको सक्रियताले उद्धारकार्य सफल भएको पोखरेलले बताए ।

चितुवा नजिकै फलामको पासो भेटिएपछि वन कार्यालयले निगरानी थालेको छ । उद्धार गरिएको चितुवालाई रुपन्देही जिल्लाको शङ्कनगरको बाटिकामा लगिने तयारी भइरहेको वन कार्यालय पाल्पाले जनाएको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७