मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु


२ पुष २०७८, शुक्रबार
death

झापा । आफैले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा झापाको शिवसताक्षीमा बिहीबार एक जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको शिवसताक्षी नगरपालिका-८ स्थित डुडाँमारी चोकमा मे ७ प ९८०० नंको मोटरसाइकल तीव्रगतिका कारण दुर्घटना हुँदा कन्काई नगरपालिका-८ सुरुङ्गाका २८ वर्षीय विनोद लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा परेर मोटरसाइकलमा पछाडि सवार कन्काई-८ का २४ वर्षीय विमल शिवा घाइते भएका छन् । दुर्घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७