जापानमा आठ तले भवनमा भीषण आगलागी, २७ बढीको मृत्यु भएको आशंका


२ पुष २०७८, शुक्रबार
Japan fire nsblq9wEnf

काठमाडौं । जापानको पश्चिमी क्षेत्रस्थित ओसाका शहरको आठ तले भवनमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको आशंका गरिएको छ । जापानको स्थानीय एनएचके ब्रोटकास्टरका अनुसार शुक्रबार ओसाका शहरको आठ तले भवनको चौथो वा पाँचौं तलामा आगलागी भएको हो ।

सो क्षेत्र पसल तथा मनोरञ्जनस्थलको रुपमा रहँदै आएको समाचारमा उल्लेख छ । यो आगलागीबाट २८ जना मानिसहरु प्रभावित भएका थिए । जसमध्ये २७ जनालाई मुटु र फोक्सोले काम नगरेको अवस्थामा फेला पारिएको हो । अहिले आगो नियन्त्रणमा आए पनि यसबारे थप विवरण भने आउन बाँकी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७