प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे प्रचण्ड


२ पुष २०७८, शुक्रबार
prachanda deuwa 1
फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुगेका छन् ।
आज (शुक्रबार) बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा उनीहरूबीच राजदूतहरुको नियुक्ति र अन्य समसामयिक विषयमा छलफल भएको जनाइएको छ ।

यसैगरी, देउवा सभापतिमा निर्वाचित भए लगत्तै टेलिफोनमार्फत शुभकामना दिएका प्रचण्डले आज भेटेरै शुभकामना दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७