ह्वातै बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?


२ पुष २०७८, शुक्रबार
gold

काठमाडौं । साताको छैठौं दिन आज शुक्रबार बजारमा सुनचाँदीको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोलामा ९३ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार एक हजार रुपैयाँले बढेर ९४ हजार रुपैयाँमा कारोबार भएको छ ।

तेजावी सुन प्रतितोलामा ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । यस्तै, चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेर एक हजार २५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७