कांग्रेस यथास्थितिमा चल्न सम्भव छैन भन्ने सन्देश दियौं : शेखर कोइराला


२ पुष २०७८, शुक्रबार
shekhar koirala

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी सभापतिमा पराजित भए पनि राजनीति जितेको बताएका छन् । पार्टी सभापति लड्दा शेरबहादुर देउवासँग मात्र नभई पार्टीभित्रको पूरै गलत प्रवृत्तिविरुद्ध लड्नु परेको भन्दै उनले त्यही कारण प्राविधिक रुपमा चुनावम हार भएको स्वीकार गरेका छन् ।

डा. शेखर कोइरालाले पार्टीमा यथास्थिति चाहनेहरूको अपवित्र गठजोडका बाबजुद आफूहरू लडेको र राजनीति जितेको बताएका छन् । आज विज्ञप्तिमार्फत नेता कोइरालाले शेरबहादुर देउवासँगको मात्र प्रतिस्पर्धा नभइ पार्टीमा झाँङ्गिएको अराजनीतिक प्रवृत्ति र गलत संस्कारको विरुद्धको रुपान्तरण र परिवर्तनको लडाइँमा आफूहरूलाई सहज नभएको बताएका छन् ।

आफूहरूले कांग्रेस हुनुको गौरव र भावना बुझेको भन्दै शेखरले विज्ञप्तिमा भनेका छन्, ‘कांग्रेसको १४औं महाधिवेशनबाट आउने परिणामको महत्व आफ्नो ठाउँमा छ तर हामीले कांग्रेस यथास्थितिमा चल्न सम्भव छैन भन्ने सन्देश सम्पूर्ण कांग्रेसजनमा मात्र होइन आम नेपालीको घर दैलोमा पुर्‍याएका छौं ।’

‘हामी लडिरहेका थियौं पार्टीभित्र गुट र भागबण्डा अनि पार्टीको नाममा अँध्यारो कोठामा विधानविपरीत हुने निणर्य विरुद्ध’, कोइरालाले भनेका छन्, ‘पार्टीलाई जवाफदेही, उत्तरदायी, पारदर्शी र जिम्मेवार बनाउने यो अभियानमा हामीसँग लड्नको लागि राजनीतिक सिद्धान्त थियो । हामीसँग ऊर्जावान युवाहरूको समूह थियो । पार्टीमा यथास्थिति चाहने सबैको अपवित्र गठजोड पनि हामी विरुद्ध भयो, तर पनि हामी लड्यौं र राजनीति जित्यौं ।’

‘पार्टीभित्र रुपान्तरण र परिवर्तनको यो लडाई हामीलाई सहज थिएन । वर्तमान सभापति शेरबहादुर देउवासँग मात्र हामी प्रतिस्पर्धा गरिरहेका थिएनौं । पार्टीभित्र हुर्केको र झ्याङगिएको अराजनीतिक प्रवृति, गलत संस्कृति र संस्कारको विरुद्ध हामी लडिरहेका थियौं । हामी लडिरहेका थियौं पार्टी भित्र गुट र भागबण्डा अनि पार्टीको नाममा अध्यारो कोठामा विधान विपरित हुने निणर्यविरुद्ध शेखरले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘पार्टीलाई जवाफदेही, उत्तरदायी, पारदर्शी र जिम्मेवार बनाउने यो अभियानमा हामीसँग लड्नका लागि राजनीतिक सिद्धान्त थियो । हामीसँग उर्जावान युवाको समूह थियो । पार्टीमा यथास्थिति चाहने सबैको अपवित्र गठजोड पनि हामी विरुद्ध भयो । तर, पनि हामी लड्यौँ र राजनीति जित्यौं ।’ उनले पार्टी सभापतिमा निर्वाचनले शेरबहादुर देउवाकै निरन्तरता दिएको भन्दै अबको कार्यकालमा नेपाली कांग्रेसले गौरव गर्ने पुनस्र्थापित हुनेछ विश्वास लिएको बाएका छन् ।

‘पार्टीका अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरूको मतगणना अगाडि बढ्दै छ । मत गणना सकिएर विजय हुनुभएका साथिहरुलाई हार्दिक बधाई’, शेखरले भनेका छन्, ‘आशा छ कांग्रेस परिवर्तनको पक्षमा उभिने हामी मत परिणामबाट धेरै उत्साही र धेरै हतोत्साही हुने छैनौं ।’ उनले पार्टीको आन्तरिक निर्वाचनमा जय र पराजयलाई स्वभाविक रुपमा लिँदै कांग्रेस रुपान्तरणको एजेन्डामा निरन्तर कृयाशील हुने प्रण गरेका छन् ।

१४औं महाधिवेशनबाट आफूले केही मतको प्राविधक हार वेहोरे पनि पार्टीभित्र र पार्टी बाहिरको मन जित्न सफल भएको पनि बताएका छन् । ‘१४औं महाधिवेशनमा केही मतमामा म पार्टी सभापतिमा पराजित भएको छु । केही मतबाट पराजित भए पनि हामीले प्रतिनिधि साथीहरु र लोकतन्त्रवादीहरुको मन जित्न सफल भएका छौं’, विज्ञप्तिमा भनेका छन्, ‘पार्टीभित्र मात्र होइन, पार्टी बाहिरका आम लोकतन्त्रवादीहरु बीच पनि हामीले कांग्रेसप्रति आकर्षण बढाएका छौं । भरोसा र विश्वासको वृद्धि गराएका छौं ।’

उनले आफूलाइ्र्र प्राप्त मतले कांग्रेस सुधारको प्रकृयालाई अगाडि बढाउने थप जिम्मेवारी आएको बताएका छन् । ‘मलाई प्रतिनिधि साथीहरुबाट प्राप्त ४० प्रतिशत मतले म भावविभोर भएको छु । प्रतिनिधि साथीहरुले म प्रति देखाएको विश्वास र भरोसा प्रति म अविचलित रहने प्रण गर्दछु’, विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७