क्रिकेट खेलाडीमाथि गरिएको कारबाहीप्रति प्रचण्ड असन्तुष्ट, प्रधानमन्त्रीलाई गराए ध्यानाकर्षण


२ पुष २०७८, शुक्रबार
prachanda deuwa 1
फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।
अध्यक्ष प्रचण्डकी स्वकीय सचिव गंगा दाहालका अनुसार प्रचण्डले कांग्रेसको महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

‘सदन सुचालु गर्नेलगायतका समसामयिक राष्ट्रिय मुद्दामा प्रमले सर्वदलीय बैठक बोलाउने विषयमा छलफल भयो’, उनले भनेकी छन्, ‘सोही अवसरमा अध्यक्ष प्रचण्डले क्रिकेट खेलाडीमाथि गरिएको भनिएको कारबाहीबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनु भएको थियो ।’

‘प्रधानमन्त्रीसँगको भेटमा अध्यक्ष प्रचण्डले क्रिकेट खेलमार्फत् नेपाललाई विश्वसामु चिनाउन योगदान गरेका खेलाडीहरुलाई दुरुत्साहित हुने ढंगले कारबाही गरिनु गलत भयो भन्दै ध्यानाकर्षण गराउनु भयो,’ प्रचण्डका स्वकीय सचिव रमेश मल्लले भने । प्रचण्डको सचिवालयका अनुसार जवाफमा प्रधानमन्त्री देउवाले यो कारबाहीबारे आफूले बुझ्ने बताएका थिए ।

गत मंसिर २९ गते नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीसहित चार क्रिकेटरमाथि कारबाही गरेको थियो । मल्लका अनुसार माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री देउवालाई कांग्रेस सभापतिमा निर्वाचित भएकोमा बधाई समेत दिएका थिए । भेटको अवसरमा सदन सुचारु गर्ने लगायतका समसामयिक राष्ट्रिय मुद्दामा सर्वदलीय बैठक बोलाउने विषयमा पनि छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७