कांग्रेस सहमहामन्त्रीको पाँच कलस्टरमध्ये चार वटामा देउवा प्यानल अगाडि


२ पुष २०७८, शुक्रबार
counting vote congress HGHNfg6yEW

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत आज बाँकी रहेको सहमहामन्त्री टुंगो लगाउन मतगणना जारी छ । मत गणनाको प्रारम्भिक नतिजाअनुसार शेरबहादुर देउवा समूहका चार जना उम्मेदवारले अग्रता लिएका छन् भने एकमा शेखर समूहका उम्मेदवारले अग्रता लिएका छन् ।

देउवा समूहका खसआर्यतर्फ किशोरसिंह राठौर, थारुतर्फ उमाकान्त चौधरी, मधेसीतर्फ महेन्द्र यादव र मुस्लिमतर्फ फर्मुल्लाह मन्सुरले अग्रता लिएका छन् । त्यस्तै शेखर कोइराला समूहका पिछडिएको क्षेत्रतर्फको बद्री पाण्डेले अग्रता लिएका छन् ।

हेर्नुस् यस्तो छ पछिल्लो मत परिणाम
मुस्लिमतर्फ (जम्मा गणना १२९५)
१) फरमुल्लाह मन्सुर-७२९
२) शेख वकिल- ५२९

मधेशीतर्फ (जम्मा गणना १६५०)
१) महेन्द्र यादव- ८३५
२) रञ्जित कणर्- २१८
३) रामकृष्ण यादव- ५९१

थारुतर्फ (जम्मा गणना १७७७)
१) उमाकान्त चौधरी- ९८३
२) तेजुलाल चौधरी- ७६९

खस आर्यतर्फ जम्मा गणना १९९५)
१) देवराज चालिसे- ८४९
२) किशोर सिंह राठौर- ११०३

पिछडिएको क्षेत्रतर्फ (जम्मा गणना १६११)
१) बद्री पाण्डे- ७९४
२) जीवनबहादुर शाही- ७२९
३) चेतराज बजाल-३५

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७