संसद खुलाउन सभामुखले राजीनामा दिनुपर्छ : एमाले


२ पुष २०७८, शुक्रबार
uml shankar pokhrel pPzfjj57T8

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले संसद खुलाउन सभामुखले गल्ती सच्याउनु पर्ने वा राजीनामा दिनुपर्ने बताएका छन् । संसद् बैठकमा जारी अवरोध हटाउन सत्ता पक्षले नै भूमिका खेल्नुपर्ने उनको धारणा थियो ।

नेकपा एमालेले समाजवादीका सांसदहरूलाई पदमुक्त गर्न माग गरेकोमा सभामुखले चासो नदिएको भन्दै यस घटनामा सभामुखले गल्ती सच्याउनु पर्ने पोखरेलले बताएका हुन् । अथवा उनले राजीनामा दिनुपर्ने पोखरेलको माग थियो । शुक्रबार पत्रकार सम्मेलन गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् । साथै पुस महिना सुरु भएसँगे एमाले देशव्यापी रुपमा संगठन विस्तारमा केन्द्रित हुने पनि उनले बताए ।

एमालेमा पुस्तान्तरणबारे उठेको प्रश्नमा उनले एमालेभित्र ८औं महाधिवेशनदेखि नै पुस्तान्तरण सुरु भएको जिकिर गरे । बरु अन्य पार्टीले एमालेको निणर्य पछ्याएको उनको दाबी थियो । १०औं महाधिवेशनमा पनि ४५ प्रतिशत नयाँ सदस्य थपिएकाले एमालेमा पुस्तान्तरण पहिले नै सुरु भएको बताए । समाजवादीका सांसदहरूलाई कारबाही गर्नुपर्ने भन्दै नेकपा एमालेले संसद् सचिवालयमा दिएको निवेदन अनुसार कारबाही हुन नसक्दा एमालेले संसद् बैठक अवरद्ध गर्दै आएको छ ।

बुधबारदेखि सुरु भएको संघीय संसद्को दसौं अधिवेशनमा पनि प्रमुख प्रतिपक्ष एमालेले अवरोध जारी राखेको छ । दसौं अधिवेशनको पहिलो दिन मंगलबार एमालेले विरोधलाई निरन्तरता दिए पनि सरकारले भने दुई सातअघि जारी गरिएका ६ वटा अध्यादेश संसद्मा पेस गरेको थियो । सभामुख अग्निप्रसाद सापकोटाले कारबाही गरिएका १४ सांसदलाई पदमुक्त नगरेको भन्दै एमालेले भदौ २३ देखि संसद् अवरुद्ध गर्दैआएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७