खस-आर्य समूहबाट कांग्रेस सहमहामन्त्रीमा किशोरसिंह राठौर निर्वाचित


२ पुष २०७८, शुक्रबार
kishor sing

काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्रीमा किशोरसिंह राठौर निर्वाचित भएका छन् । उनी खस-आर्य समूहबाट चुनावी प्रतिष्पर्धामा थिए । शेरबहादुर देउवा प्यानलबाट उठेका उनी २,७५६ मतसहित सहमहामन्त्रीमा विजयी भएका हुन् ।

उनीसँग प्रतिस्पर्धामा उत्रिएका डा. शेखर कोइराला प्यानलका देवराज चालिसेले २०५९ मत ल्याएका छन् । कांग्रेसको चौधौं महाधिवेशन अन्तर्गत यो समूहमा ४,६७८ मत खसेको थियो ।

योसँगै आठवटा सहमहामन्त्रीतर्फ देउवा समूहले चार वटा पदमा जित निकालेको छ । त्यस्तै कोइराला समूहले एकवटामा जित दर्ता गराएको छ । यसअघि शुक्रबारै मुस्लिम क्लस्टरबाट सहमहामन्त्रीमा देउवा पक्षका फरमुल्लाह मन्सुर विजयी भएका छन् । देउवा प्यानलबाट उठेका उनी २,७६६ मतसहित सहमहामन्त्रीमा विजयी भएका हुन् ।

यसअघि महिलातर्फ एक जना सहमहामन्त्रीमा देउवा पक्षकी महालक्ष्मी ‘डिना’ उपाध्याय निर्वाचित भइसकेकी छन् । त्यसैगरी सहमहामन्त्रीको आदिवासी जनजातितर्फ पनि देउवा समूहका भीष्मराज आङदेम्बे विजयी भएका छन् । सहमहामन्त्रीको दलिततर्फ डा. शेखर कोइराला प्यानलका जीवन परियार बिहीबार विजयी भइसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७