एमालेमा भीम रावलको भूमिका सल्लाह-सुझाव दिन सक्ने मात्र


२ पुष २०७८, शुक्रबार
Bhim Rawal is a CPN UML politician He is former Deputy Prime Minister Defence Minister of Nepal

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित नेता भीम रावल पार्टीको सल्लाहकार परिषद सदस्यको हैसियतमा रहेको सो पार्टीका महासचिव शंकर पोखरेलले जानकारी दिएका छन् ।

शुक्रबार केन्द्रीय कमिटी बैठकका निणर्य सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा महासचिव पोखरेलले नेता रावल केन्द्रीय सदस्य नरहेकाले केन्द्रीय कार्यसमितिको तर्फबाट गरिएको कार्यविभाजनमा सामेल नगरेको जानकारी दिएका छन् । ‘भीम रावलजी केन्द्रीय कमिटीमा रहनु भएन । त्यस अर्थमा उहाँको कार्यविभाजन केन्द्रीय कमिटीको कार्य विभाजनका रुपमा रहेन’, महासचिव पोखरेलले भने, ‘नीतिगत निणर्यले उहाँलाई सल्लाहकारको जिम्मेवारी प्रदान गर्छ । त्यो भन्दा बाहेकको जिम्मेवारीका सन्र्दभमा पार्टी अध्यक्षसँग परामर्श गर्न सक्नु हुन्छ ।’

उनले अध्यक्षसँग परामर्श गरेर जिम्मेवारी लिन तयार भएमा छलफल गर्न सकिने बताए । ‘परामर्शका क्रममा उहाँले थप जिम्मेवारी बहन गर्न तत्परता देखाउनुभयो भने हामी छलफलका लागि तयार छौ’, पोखरेलले भने, ‘अहिले नीतिगत रुपमा उहाँ केन्द्रीय सल्लाहकार परिषदको सदस्य हुनुहुन्छ । केन्द्रीय सल्लाहकारका रुपमा उहाँले पार्टीलाई समय समयमा सल्लाह सुझाव दिन सक्नुहुन्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७