खानेपानी मन्त्री उमाकान्त चौधरी कांग्रेस सहमहामन्त्रीमा निर्वाचित


२ पुष २०७८, शुक्रबार
umakanta chaudhary.jpeg OrjjuADgYm

काठमाडौं । थारूतर्फको कांग्रेस सहमहामन्त्रीमा शेरबहादुर देउवा समूहका उमाकान्त चौधरी निर्वाचित भएका छन् । शुक्रबार भएको मत गणनामा प्रतिद्वन्द्वी शेखर कोइराला पक्षका तेजुला चौधरीलाई पराजित गर्दै उनी विजयी भएका हुन् । उमाकान्तले २,७५६ मत ल्याए ।

तेजुलालले १,८७७ मत ल्याएका छन् । काँग्रेस नेता कृष्णप्रसाद सिटौला निकट उमाकान्त देउवा समूहबाट उम्मेदवार बनेर विजयी भएका हुन् । उनी वर्तमान खानेपानीमन्त्री हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७