पुस ४ देखि बालबालिकालाई मोडर्ना खोप, कहाँ-कहाँ दिइन्छ ?


२ पुष २०७८, शुक्रबार
khop balbalika

काठमाडौं । यही पुस ४ गतेदेखि १४ गतेसम्म १२ देखि १७ वर्ष उमेर सम्मका बालबालिकालाई कोरोना भाइरस संक्रमणविरुद्धको पहिलो मात्राको मोडर्ना खोप दिइने भएको छ । दोस्रो मात्रा भने माघ २ गतेदेखि १२ गतेसम्म दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रदेश-१ मा ११ जिल्ला, प्रदेश-२ मा ५ जिल्ला, बागमती प्रदेशमा ७ जिल्ला, गण्डकी प्रदेशमा ९ जिल्ला, लुम्बिनी प्रदेशमा ९ जिल्ला, कणर्ाली प्रदेशमा ९ जिल्ला र सुदुरपश्चिम प्रदेशमा ७ जिल्लामा यो खोप दिइने भएको हो ।

विद्यालयमा नै खोप केन्द्र राखी बालबालिकालाई खोप दिने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ । स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख सागर दाहालले यो अभियान विद्यालयस्तरमा हुने भएकाले आफ्ना बालबालिकाको खोप लगाउने विषयमा सम्बन्धित विद्यालयमा सम्पर्क गर्न आग्रह गरे ।

आठ जिल्लामा पुस १३ देखि फाइजर खोप दिइँदै
यस्तै यसअघि १२ वर्षमाथिका दीर्घरोगीहरूका लागि फाइजर खोप सञ्चालन भएका १९ जिल्ला र सिन्धुली गरी २० जिल्लामा फाइजर खोप दिइँदैछ ।

बागमतीका ६ जिल्ला, कणर्ालीको १ र सुदूरपश्चिमको १ गरी ८ जिल्लामा पुस १३ देखि २२ गतेसम्म पहिलो मात्रा र माघ ४ देखि १३ गतेसम्म दोस्रो मात्रा दिइँदैछ भने बाँकी १२ जिल्लामा खोप सञ्चालनको लागि मिति पछि निर्धारण गरिने स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जनाएको छ ।

बागमती प्रदेशमा काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, चितवन र सिन्धुलीमा खोप दिइँदैछ भने सुदूरपश्चिम प्रदेशमा डडेलधुरा र कणर्ाली प्रदेशमा सुर्खेतमा खोप दिइने भएको छ । साथै प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशमा भने केहीपछि खोप अभियान मिति सार्वजनिक गरिने बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७