ज्ञानेन्द्र मल्लसहित चार क्रिकेटरको अपिल : बल र व्याट छाड्नु पर्ने अवस्था नआओस्


२ पुष २०७८, शुक्रबार
Cricket Gyanendra1639741098 1

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को कारबाहीमा परेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका चार जना खेलाडीले आफूहरूमाथि गरिएको कारबाहीमा पुनर्विचार गर्न माग गरेका छन् । उनीहरुले

शुक्रबार पत्रकार सम्मेलन गरेर ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीले आफूहरूको गल्ती भए माफी माग्ने तर खेलाडी वर्गीकरणमा भने पुनर्विचार हुनुपर्ने बताए ।

‘गल्ती गरेको भए माफी माग्ने हो । तर, हामीले खेलाडीको हकहितको विषयमा बोल्नै नपाउने भन्ने त होइन होला । पुनर्विचार होस् पहिला अनि मात्र खेल्ने कुरामा सोचौंला । तथापि हामी नखेल्ने भन्ने होइन । खेलाडी वर्गीकरणको विषयमा पुनर्विचार होस्’, उनीहरूले पत्रकार सम्मेलनमा भने । ‘यसका लागि नेपाल क्रिकेट संघले अभिभावकीय भूमिका खेल्दै यो निणर्यलाई पुनर्विचार गरोस् । हामी र हामी जस्ता क्रिकेट खेलमा भविष्य खोजिरहेका खेलाडीहरुले ब्याट र बल छाड्नुपर्ने दुर्भाग्यपूणर् अवस्था नबनोस् , उनीहरुले भने ।

उनीहरुले आफ्नो हकअधिकारका लागि आवाज उठाएकै आधारमा देशका लागि वर्षौं खेलेका, आफ्नो सबै इच्छा आकांक्षा मोरेर क्रिकेटमा लागेका खेलाडीहरुलाई यसरी कारबाही हुन्छ भने भोलिका दिनमा नयाँ पुस्ता कसरी आकर्षित होला भन्दै उनीहरुले शंका व्यक्त गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७