सहमहामन्त्री मधेसीतर्फ देउवा समूहका महेन्द्र यादव विजयी


२ पुष २०७८, शुक्रबार
Mahendra Yadab1639742891

काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्री मधेसीतर्फ शेरबहादुर देउवा समूहका महेन्द्र यादव विजयी भएका छन् । शुक्रबार भएको मत गणनामा निकटतम प्रतिद्वन्द्वी रामकृष्ण यादवलाई २०६ मतले पराजित गर्दै उनी विजयी भएका हुन् ।

जम्मा ४,६८२ मत खसेकोमा महेन्द्रले २,०२६ मत ल्याए । रामकृष्णले १८२० मत ल्याए । रञ्जित कर्ण भने ४७२ मत ल्याएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७