ह्वातै बढ्यो चिसो, यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान


३ पुष २०७८, शनिबार
snow

काठमाडौं । केहि दिनयता देशभर ह्वातै चिसो बढेको छ । चिसो बढ्ने क्रम दिनहुँ बढिरहेकाले सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन् । मौसम पूर्वानुमान महाशाखाले आज (शनिबार) बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गरेको हो ।

जसमा भनिएको छ, ‘कर्णाली तथा बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । देशभर चिसो बढ्ने क्रममा रहोकले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन हुन तथा अद्यावधिक मौसमी बुलेटिन तथा सूचनाको जानकारी लिनहुन समेत सबैमा अनुरोध छ ।’

मौसमविद् प्रतिभा मानन्धरका अनुसार अहिले देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव छ । यही प्रणालीका कारण वर्षा र हिमपातसँगै दिनदिनै चिसो बढिरहेको हो । यो प्रणाली अझै केही दिन रहने देखिएकाले तापक्रम आरालो लाग्ने क्रम जारी रहेको उनले बताइन् ।

मौसमविद् मानन्धरका अनुसार आज बिहान पौने ६ बजेको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३.३ डिग्री सेल्सियस छ । देशका अन्य स्थानका तापक्रम भने अहिले बिहान पौने ९ बजे आउनेछ ।
हेर्नुहोस् तीन दिनसम्मको मौसम अनुमान

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७