कांग्रेस महाधिवेशन : ३५ खुल्ला केन्द्रीय सदस्यको मतगणना १० बजेदेखि, ९९ जना प्रतिष्पर्धामा


३ पुष २०७८, शनिबार
matgadana 16122021064848 1000x0 1

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि भएको मतदानको मतगणना जारी छ । आज १० बजेदेखि ३५ खुल्ला केन्द्रीय सदस्यको मतगणना हुने कांग्रेसले जनाएको छ ।

कांग्रेसको निर्वाचन समिति संयोजक गोपालकृष्ण घिमिरेले एक सूचना जारी गर्दै मत गणनाका लागि उम्मेदवार वा एक जना प्रतिनिधि मगतणनास्थल सानेपामा पठाई दिन पनि आग्रह गरेका छन् । खुल्ला केन्द्रीय सदस्यको मत गनिसकेपछि विभिन्न क्लस्टरका केन्द्रीय सदस्यको मतगणना हुने कांग्रेसले जनाएको छ ।

खुला केन्द्रीय सदस्यका ३५ सिटमा पूर्वपधाकारीदेखि चर्चित पात्रसहित ९९ जना प्रतिस्पर्धामा छन् । पूर्वमहामन्त्री डा. शशांक कोइराला तथा नेताहरू गोपालमान श्रेष्ठ, अर्जुन नरसिंह केसी, गृहमन्त्री बालकृष्ण खाँण, एनपी साउद, ज्ञानेन्द्रबहादुर कार्की, रमेश लेखक पनि केन्द्रीय सदस्यको प्रतिस्पर्धामा छन् । यस्तै यसपटक केही नयाँ अनुहार पनि चुनावी मैदानमा छन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७