लेवान्डोस्कीले तोडे पाँच दशक पुरानो कीर्तिमान


३ पुष २०७८, शनिबार
Lewandoski uvDHU08Y2J

काठमाडौं । पोल्याण्डका रोबर्ट लेवान्डोस्कीले जर्मन बुन्डेसलिगामा ४९ वर्ष पुरानो कीर्तिमान तोडेका छन् । उनले बुन्डेसलिगामा एकै वर्ष सबैभन्दा धेरै गोल गर्ने कीर्तिमान कायम गरेका हुन् ।

शुक्रबार राति भएको खेलमा भीएफएल वुल्फ्सबर्गविरुद्ध गोल गर्दै लेवान्डोस्कीले नयाँ कीर्तिमान राखेका हुन् । सन् २०२१ मा लेवान्डोस्कीले बार्यन म्युनिखका लागि ४३ गोल गरेका छन् । यसअघि सन् १९७२ मा ग्रेड मुलरले ४२ गोल गर्दै बुन्डेसलिगामा एकै वर्ष सबैभन्दा धेरै गोल गर्ने कीर्तिमान राखेका थिए ।

शुक्रबार राति भएको खेलमा बार्यनले वुल्फ्सबर्गमाथि ४-० गोल अन्तरको जित हात पारेको छ । बार्यनलाई जित दिलाउने क्रममा थोमस मुलर, डायोट उपमेकानो, लेरोय साने र लेवान्डोस्कीले एक/एक गोल गरे । बार्यनले बुन्डेसलिगाको अंकतालिकामा १७ खेलबाट ४३ अंक हात पार्दै पहिलो स्थानमा छ । दोस्रो स्थानमा रहेको बी डर्टमन्डले १६ खेलबाट ३४ अंक हात पारेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७