पूर्वमन्त्री अर्जुनबहादुर सिंह कांग्रेस केन्द्रीय सदस्य निर्वाचित


३ पुष २०७८, शनिबार
Arjun bahadur sing

काठमाडौं । पूर्वमन्त्री अर्जुनबहादुर सिंह नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । यसअघि राजदूत समेत भइसकेका सिंह पिछडिएको क्षेत्रबाट केन्द्रीय सदस्यमा विजयी भएका हुन् ।

४,६७२ मत खसेकोमा सिंहले २,६७७ मत ल्याएर विजयी भएको निर्वाचन समितिले जनाएको छ । उनका प्रतिस्पर्धी दीपकजंग शाहीले २,०५६ मत मात्रै पाएका छन् । ३९ मत भने बदर भएको छ निर्वाचन समितिले जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७