शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदै


३ पुष २०७८, शनिबार
A division 8dX15b7ms1 L2tRTfkve6

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज (शनिबार) तीन खेलहरु हुँदैछन् । पाँचौं चरणको खेल अन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई खेल हुनेछ । एक खेल भने पोखरामा हुनेछ ।

दशरथ रंगशालामा हुने पहिलो खेलमा च्यासल युथ क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । च्यासल र जावलाखेलबीचको खेल दिउँसो १ बजे शुरु हुनेछ । च्यासल ४ खेलमा ४ अंक जोडेर दशौं स्थानमा रहेको छ । जावलाखेल १ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।

रंगशालामा हुने अर्को खेलमा थ्री स्टार क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल अपरान्ह पौने पाँच बजे शुरु हुनेछ । थ्री स्टार ४ खेलमा ५ अंक जोडेर छैटौं स्थानमा रहेको छ । एनआरटी ५ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

पोखरा रंगशालामा हुने खेलमा मनाङ मर्स्याङ्दी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । मनाङ र पुलिसबीचको खेल दिउँसो २ बजे शुरु हुनेछ । शहीद स्मारक ’ए’ डिभिजन लिगको इतिहासमा पहिलो पटक उपत्यका बाहिर खेल हुन लागेको हो । कीर्तिमानी आठ पटकको च्याम्पियन मनाङ ४ खेलमा १० अंक जोडेर दोस्रो स्थानमा रहेको छ । मनाङ पुलिसलाई हराएर शीर्ष स्थानमा उक्लन चाहन्छ । पुलिस ४ खेलमा ५ अंक जोडेर आठौं स्थानमा रहेको छ । पुलिस आर्मीलाई हराएर शीर्ष पाँचमा उक्लन चाहन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७