श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ


३ पुष २०७८, शनिबार

स्याङ्जा । स्याङ्जाको भीरकोट नगरपालिकाबाट आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । आफ्नै श्रीमती ४५ वर्षीय मायादेवी थापालाई हातपात, कुटपिट गरी घाँटीमा सल कपडाको पासो लगाई धनसार कोठामा अचेत बनाई राखेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्ने भीरकोट नगरपालिका ६ फोक्सीङ बस्ने ५४ वर्षीय डबल बहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारी जानकारी दिए ।

प्रहरी कार्यालय वालिङबाट प्रहरी अधिकृतसहितको टोली खटिई अचेत अवस्थामा रहेकी मायादेवी थापालाई उपचारको लागि गह्रौ प्राथमिक अस्पताल वालिङ लगिएकोमा अस्पताल पुर्‍याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेको थियो ।

त्यस लगतै प्रहरीले निज डबलबहादुर थापालाई तत्कालै पक्राउ गरेको हो । पक्राउ परेका थापालाई कर्तव्य ज्यान मुद्दा दर्ता गरी आज स्याङ्जा जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७