बहुविवाह मुद्दाका फरार प्रतिवादी ८ वर्षपछि पक्राउ


३ पुष २०७८, शनिबार
dhobi 3uqvGZu0Nh

बर्दिया । बर्दियामा ८ वर्षदेखि फरार प्रतिवादी पक्राउ परेका छन् । बहुविवाह मुद्दाका फरार प्रतिवादी बर्दिया गुलरिया नगरपालिका ५ बस्ने मेहदी हसन धोबीलाई शुक्रबार पक्राउ गरेको हो ।

धोबीविरुद्ध बर्दिया जिल्ला अदालतले २०६९ साल फागुन ३० गते बहुविवाह मुद्दामा १ वर्ष ६ महिना कैद सजाय तोकेको थियो । अदालतको सो निणर्य लगत्तै फरार रहेका उनलाई जिल्ला प्रहरीका कार्यालय बर्दियाबाट खटिएको प्रहरी टोलीले गुलरिया नगरपालिका-७ बाट पक्राउ गरिएको प्रहरी निरीक्षक चक्रबहादुर डमरपालले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७