मलाई सोध्दै नसोधी कुनै पदको टीका लगाई दिनु आपत्तिजनक : भीम रावल


३ पुष २०७८, शनिबार
Bhim Rawal

काठमाडौं । नेकपा एमाले नेता भीम रावलले आफूलाई नसोधी केन्द्रीय सल्लाहकार परिषद्को सदस्य बनाएकोमा आपत्ति जनाएका छन् । सामाजिक सञ्जालमार्फत उनले आफूलाई सोध्दै नसोधी कुनै पदको टीका लगाई दिनु आपत्तिजनक भएको बताएका हुन् ।

एमालेको दशौं महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओलीसँग पराजित रावलले यसअघि कुनै कमिटीमा नबस्ने घोषणा गरेका थिए । उनले ट्वीटरमा लेखेका छन्, ‘मलाई नेकपा (एमाले) को केन्द्रीय सल्लाहकार परिषद्को सदस्य बनाइएको समाचार सुनियो । यो सत्य हो भने, मलाई सोध्दै नसोधी कुनै पदको टीका लगाई दिनु आपत्तिजनक छ । यस्तो टीके प्रणाली जनताको बहुदलीय जनवाद र लोकतान्त्रिक मान्यताको विपरीत हुन्छ ।’

अध्यक्षको उम्मेदवार भए पनि केन्द्रीय सदस्य पनि उम्मेदवार बन्न मिल्ने पार्टीको व्यवस्थामा रावलले रुचि नदेखाएपछि उनलाई सल्लाहकारमा राखिएको एमालेका महासचिव शंकर पोखरेलले जानकारी दिएका थिए । थप जिम्मेवारीका लागि अध्यक्ष ओली र रावलको परामर्श बमोजिम हुने पोखरेलको भनाइ थियो । पार्टीको गत मंसिर २५ र २६ गतेको केन्द्रीय कमिटीको दोस्रो बैठकले सल्लाहकार परिषद्को सल्लाहकारमा अमृतकुमार बोहरालाई चयन गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७