मंगल ग्रहमा जमिनभन्दा ३ फिट मुनि भेटियो ठूलो मात्रामा पानी


३ पुष २०७८, शनिबार
Mangal graha

काठमाडौं । युरोप स्पेस एजेन्सी (ईएसए) ले मंगल ग्रहमा जमिनभन्दा केवल ३ फिट मुनि ठूलो मात्रामा पानी फेला परेको बताएको छ । मंगल ग्रहको ग्रान्ड कानयोनमा ठूलो मात्रामा पानी फेला परेको हो । डेलमेलका अनुसार एक्सो मार्स ट्रेस ग्यास अर्बाइटर (टीजीओ) ले मंगल ग्रहको जमिनमुनि ठूलो मात्रामा पानी रहेको फेला पारेको हो ।

ईएसएका अनुसार भल्लेस मरिनर्सको सतहभन्दा तीन फिट मुनि पानी फेला परेको हो । उक्त क्षेत्र ३ हजार ८६२ किलोमिटरमा फैलिएको छ । पानी नै पानीले भरिएको यसको क्षेत्रफल नेदरल्याण्ड्स देखको आकार बराबरको रहेको ईएसएले बताएको छ ।

यो क्षेत्रमा पानी पाउने सम्भावना सबैभन्दा धेरै छ । शोधको लेखकमध्येका एक अलेक्सी मलाखोभले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘हामीले पायौं कि भल्लेस मरिनर्सको मध्यवर्ती क्षेत्र पूरै पानीले भरिएको छ । यहाँ पानीको मात्रा हाम्रो अपेक्षाभन्दा पनि धेरै छ ।’ उनका अनुसार यहाँ पृथ्वीमा सधैं बरफको रुपमा रहेको पानी जस्तै त्यहाँ पनि जमिनमुनि ठूलो मात्रामा पानी रहेको छ । यो क्षेत्रमा निरन्तर कम तापमान भएकाले सधैं बरफ सुख्खा जमिनमुनि रहेको छ ।

सबैभन्दा पहिला सन् २००६ मा अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले एक तस्वीर सार्वजनिक गर्दै मंगल ग्रहमा पानी भेटिएको प्रमाण पाइएको बताएको थियो । सन् २००८ मा नासाको फोनिक्स मार्स ल्याण्डरले मंगल ग्रहमा बरफ रहेको पुष्टि गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७