सभामुखले संसदलाई नौटङ्कीकाे थलाे बनाए : विष्णु पौडेल


३ पुष २०७८, शनिबार
BISHNUPOUDEL scaled

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सभामुख अग्निप्रसाद सापकोटाले लोकतान्त्रिक पद्धतिको खिल्ली उडाउँदै संसदलाई नौटङ्कीकाे थलाे बनाएको आरोप लगाएका छन् ।

एमाले निकट नेपाल राष्ट्रिय वाणिज्य संघको महाधिवेशन कार्यक्रमलाई सम्बोधन गर्दे उनले देशलाई बन्धक बनाएर महिनौदेखि अवरुद्ध संसदलाई सञ्चालन गर्न नसकेर नौटङ्कीस्थल बनाएको बताए । सभामुखले दम्भ त्याग नगरेसम्म व्यवस्थापिका चल्न नसक्ने पौडेलले बताएका छन् । उनले सभामुखलाई तटस्थ र निष्पक्ष भूमिकामा रहन समेत उनले सुझाव दिएका छन् ।

उनले भने, ‘पछिल्लो सयम न्यायपालिका प्रतिको विश्वास जनतामा गुम्दै जानु, कार्यपालिकाले खर्च बजेट कार्यन्वय गर्न नसक्नु अनी सभामुखले संसद सञ्चालन गर्न नसक्नुले नेपाली जनताप्रति सत्ता गठबन्धनको विश्वास गुम्दै गएको छ ।

एमाले नेतृत्वको सरकार भएको समयमा देशको अर्थतन्त्र बचाउने जनताले देख्ने गरी काम भएको उनदे दावी समेत गरे । उनले भने, ‘नेकपा एमालेले सरकारको नेतृत्व गर्दा कठोर रुपमै प्रहार भए पनि देशको अर्थतन्त्रलाई बचाउन जनताले देख्ने गरी काम भएको छ । तर अहिलेको गठबन्धनले समन्वय गर्न समेत नसक्दा अवको निर्वाचनमा जनताले मार्क गरी सकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७