कांग्रेस केन्द्रीय सदस्य खुलातर्फको मत गणना ११ ठाउँमा हुँदै, शशांक कोइरालाको अग्रता


३ पुष २०७८, शनिबार
counting vote congress HGHNfg6yEW

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भएको केन्द्रीय कार्य समितिको निर्वाचनको मत गणना र मतपरिणाम आउने क्रम जारी छ । आज केन्द्रीय सदस्य खुलातर्फको मत गणना गर्न भइरहेको छ । बिहान साढे ११ बजेबाट मतगणना शुरु भएको छ । शुरुमा तीन ठाउँबाट थालिएको मत गणना अहिले ११ ठाउँमा भइरहेको छ ।

दिउँसो ३ बजेसम्म प्रत्येक ठाउँमा ५०/५० का दरलले मतगणना भएको निर्वाचन समितिले जनाएको छ । १०० मतगणना भएपछि सार्वजनिक गरिने समितिले बताएको छ । एक पटकमा १,१०० मतको परिणाम सार्वजनिक हुनेछ । पार्टी कार्यालय सानेपामा पहिलो १६५ मत गन्दा सबैभन्दा धेरै मत डा. शशांक कोइरालाले पाएका छन् । उनले ५९ मत पाएका छन् । १३ औं महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित कोइराला १४ औं महाधिवेशनमा सभापति पदको आकांक्षी थिए । तर अन्तिममा केन्द्रीय सदस्यमा उम्मेदवारी दिए । उनलाई शेरबहादुर देउवाले पनि आफ्नो प्यानलमा राखेका थिए ।

दोस्रो स्थानमा अर्जुन नरसिंह केसीले ४८, रामशरण महत, बालकृष्ण खाँण, शंकर भण्डारी र एनपी साउदले ४६, रामहरि खतिवडाले ४, रमेश लेखकले ४३, ज्ञानेन्द्रबहादुर कार्कीले ४२ र उदयशम्शेर राणाले ४१ मत पाएका छन् । कांग्रेसमा खुलातर्फबाट ३५ जना केन्द्रीय सदस्य निर्वाचित हुन्छन् । खुलातर्फको केन्द्रीय सदस्य पदको मतगणना शनिबार साँझसम्म सक्ने निर्वाचन समितिको तयारी छ ।
खुलातर्फ ३५ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । ३५ सदस्यका लागि ९९ जना प्रतिष्पर्धामा छन् ।

पदाधिकारीको मतगणना सम्पन्न भइसकेको छ । कांग्रेसको नयाँ नेतृत्वमा सभापतिमा शेरबहादुर देउवा, उपसभापतिमा पूणर्बहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय, जीवन परियार, भीष्मराज आङ्देम्बे, फर्मुल्लाह मन्सुर, किशोरसिंह राठौर, महेन्द्र यादव र उमाकान्त चौधरी निर्वाचित भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७