१८९ मा कोरोना संक्रमण, दुईको मृत्यु


३ पुष २०७८, शनिबार
korona

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १८९ जना कोरोना संक्रमित थपिएका छन् । देशभर गरिएको ५,४८३ पीसीआर र २,५१४ जनाको एन्टीजेन परीक्षणका क्रममा १८९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै कुल संक्रमितको संख्या ८ लाख २५ हजार ६०३ जना पुगेको छ । कुल संक्रमितमध्ये ५,४२८ जना सक्रिय संक्रमित छन् । गत २४ घण्टामा २५० जना संक्रमित निको भएका छन् । योसँगै देशभर निको हुनेको संख्या ८ लाख ८ हजार ६०३ पुगेको छ ।

उक्त अवधिमा दुई जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५७२ पुगेको छ । हाल ९८ जना क्वारेन्टाइनमा छन् । १०६ जना आइसीयू र २४ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७